+
+

खुमलटारलाई हराउँदै एनआरटी दशौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १८:१३

५ वैशाख काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले दोस्रो जित निकालेको छ ।

मंगलबार दशरथ रंगशालमा भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३-१ ले पराजित गरेको हो ।

यस जितपछि खुमलटारलाई नै पछि पार्दै एनआरटी दशौं स्थानमा उक्लेको छ । चारै गोल दोस्रो हाफमा भएको थियो ।

जहाँ एनआरटीको लागि सरोज तामाङ ६५औं, सन्जिब विष्टले ८२औं र मोहित गुरुङले ८५औं मिनेटमा गोल गरे । खुमलटारका श्यामु मुर्मुले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए ।

जितपछि ९ खेलबाट १० अंक जोडेको एनआरटी रेलिगेसन जोन छाड्दै दशौं स्थान उक्लेको छ । उति नै अंक रहेको खुमलटार ११औं स्थानमा झरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?