+
+

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १४:१२

७ वैशाख, धनगढी। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले भजनी नगरपालिका–३ को कुसुमघाटबाट घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरी र आरयन चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरु सवार सुपप्र ०१-०१० प.५२३१ नम्बरको मोटरसाइल चेकजाँच गर्ने क्रममा ३१ ग्राम ७ सय मिलीग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको चन्दले बताए ।

धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट सोही ठाउँका २१ वर्षीय विवेक नेपालीलाई पनि पक्राउ गरिएको छ ।

उनको साथबाट एक ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?