+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

निर्माणाधीन बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु, ९ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १६:१३

७ वैशाख, जाजरकोट । जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ । अरु ९ जना घाइते भएका छन् ।

जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रिज भाँचिएको हो ।

घटनामा १ जनाको मृत्यु भएको पुष्टि भए पनि उनको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

घाइते ९ जनाको नलगाड नगरपालिका वडा नं. ७ दल्लीस्थित नगर अस्पतालमा उपचार भइरहेको उनले बताए ।

घाइतेको एक जना नेपाली बाहेक सबै भारतीय नागरिक रहेका छ्न् ।

घाइते हुनेमा भारतको बहराईच बस्ने वर्ष ३० गोरख नाथ, सोही ठाउँका वर्ष २५ संजय गौतम, १९ बर्षका सोनु चमार, वर्ष ४९ बर्षका गोपाल चमार, वर्ष ३० बर्षका धर्मेन्द्र गौतम हर्जम चमार, वर्ष ५० मैकु बहादुर गौतम, प्रशान्त राजकुमार, ६० वर्षका राजकुमार हर्जम चमार र नवलपरासीका क्रेन चालक २५ वर्षका निरजकुमार चौधरी रहेका छन् ।

घाइतेलाई आर्मीको हेलिकष्टरबाट उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गरिएको डिएसपी भट्टराइले जानकारी दिए । घाइते सबै काम गर्ने मजदुर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?