+
+

कञ्चनपुरमा महिलालाई मारेको बाघ नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १०:५९

९ वैशाख, धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ ।

घाँस काट्ने क्रममा आक्रमण गरेर सोही ठाउँ बस्ने गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले खप्टीनाला नजिकै झाडीमा बसेको अवस्थामा बाघलाई नियन्त्रणमा लिएको बताए । बेहोस बनाएर नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छाड्ने तयारी छ ।

आक्रमणमा परेकी गंगादेवी चन्दको शव पनि बाघ नियन्त्रणमा लिएको स्थानमै फेला परेको छ । उनको शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?