+
+

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

रासस रासस
२०८० वैशाख ९ गते १४:२२
Photo Credit : www.gwt.org.uk

९ वैशाख, पाटन ।  ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान ३:४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए ।

लिम्बू छ महिनादेखि बिरामी भएका थिए । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उनी तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए । लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उनलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो ।

लिम्बूको अन्त्येष्टि दमकमा गरिने उहाँका छोरा मोहनले जानकारी दिए । दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो । उनी मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?