+
+

तनहुँ १ मा मतदान केन्द्रहरु तयार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १७:५५

९ वैशाख, तनहुँ । तनहुँ १ मा आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदान बिहान ७ बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ ।

मतदान केन्द्रहरूमा अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त अवस्थाका मतदाताका लागि सहज व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

तनहुँ १ मा ५ पालिकाका ४२ वटा वडामा मतदान हुनेछ । मतदानका लागि ६९ मतदान स्थल र १५२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन गराउन १३ सय ६८ जना कर्मचारी खटिएका छन् । त्यस्तै सुरक्षाका लागि २ हजार ५ सय सुरक्षाकर्मी खटिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?