+
+

लिगमा मनाङको लगातार चौथो हार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १८:४८

९ वैशाख, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा लगातार चौथो हार बेहोरेको छ । सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ शनिबार नवप्रवेशी खुमलटार एफसीसँग २-१ ले पराजित भयो ।

दशरथ रंगशालमा भएको खेलमा खुमलटारका लागि मेसुके ओलोमोउको दुई गोल गरे । मनाङका लागि कोपी टिमोठ्ठी कुडोले पेनाल्टीमा एक गोल गरे । तर अर्को पेनाल्टीमा गोल गर्न नसक्दा मनाङले हार बेहोर्नुपर्‍यो ।

ओलोमोउले इन्जुरी टाइममा गोल गर्दै खुमलटारलाई जिताए ।

त्यसअघि १३औं मिनेटमै मेसुकेले गोल गर्दा खुमलटारले अग्रता लिएको थियो भने ५३औं मिनेटमा कोफीले मनाङका लागि बराबरी गोल गरेका थिए ।

चौथो जितपछि ११ खेलबाट १३ अंक जोडेको खुमलटार ११औं स्थानमा उक्लेको छ ।

लगातार चार खेल हारेको मनाङ ११ खेलबाट १५ अंकसहित सातौं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?