+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मध्यप्रदेशको न्यूनचापीय प्रणाली प्रभावले नेपालमा वर्षा

रासस रासस
२०८० वैशाख ११ गते २०:२९

११ वैशाख, काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतको मध्यप्रदेशमा रहेको न्यूनचापीय प्रणालीले गर्दा नेपालमा वर्षा गराएको हो । भोलिदेखि न्यूनचापीय प्रणाली कमजोर भएर मौसममा क्रमिक सुधार आउनेछ।

‘नेपालको पश्चिम क्षेत्रनजिक भारतको मध्यप्रदेशमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले वर्षा गराएको हो, दिउँसोभन्दा कमजोर अवस्थामा पुगेकाले भोलिदेखि केही सुधार हुन्छ’, मौसमविद् अधिकारीले भने ।

पश्चिमी वायुको प्रभाव रहिरहने हुनाले आगामी दिनमा विशेषगरी देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उनले उल्लेख गरे । आज दिउँसो काठमाडौँमा हल्का वर्षा भएको छ । काठमाडौँमा ११ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । देशका अन्य भेगमा पनि हल्का वर्षा भएको छ ।

महाशाखाले साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा रातिको समयमा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

भोलि मङ्गलबार पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरुमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?