+

खानेकुरा देख्दा किन आउँछ मुखमा पानी ?

२०८० वैशाख  १२ गते १२:५० २०८० वैशाख १२ गते १२:५०
Shares
खानेकुरा देख्दा किन आउँछ मुखमा पानी ?

काठमाडौं । सामाजिक सञ्जालको भित्तामा मनपर्ने स्वादिष्ट परिकारको तस्वीर देख्दा वा खानेकुराको कुरा गर्दा मुखमा पानी आएको हामीले अनुभव गरेकै हुन्छौं । अझ भोक लागेको बेला त खानेकुराको परिकार सम्झिंदा नै मुख रसाउँछ ।

ठाउँ र समय विशेषले खासै प्रभाव नपार्ने यस किसिमको महसुस हामीलाई जुनसुकै बेला हुन्छ । कुनै पनि खानेकुरा देख्ने बित्तिकै मुखमा पानी आउनु स्वभाविक रहेको पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् । उनका अनुसार खानेकुराको कल्पना गर्दा दिमाग र इन्जाइमहरुबीच एक किसिमको प्रतिक्रिया हुन्छ, जसले खानेकुराको माग गर्नमा भूमिका खेल्छ । र, हामीलाई भोक लाग्छ ।

‘खाना पचाउने तीन चरणमध्ये सुरुको अवस्थालाई सेफालिक फेज भनिन्छ । सेफालिक फेजमा कुनै पनि खानेकुरा सोचेमा वा देखेमा मस्तिष्कलाई उत्तेजित गर्ने किसिमको रसायन सक्रिय हुन्छ,’ उनी भन्छन्, ‘मस्तिष्कले संकेत पहिचान गरी र्‍याल ग्रन्थिहरूलाई उत्तेजित पारेर एसिटाइलकोलिन (एक किसिमको रसायन) रिलिज गर्छ  र मुखमा सलाभरी एमआइलेज (र्‍याल) निस्कन्छ । जसकारण खानेकुरा देख्ने बित्तिकै मुख रसायो वा पानी आयो भन्ने गरिन्छ ।’

मुखमा र्‍याल आउनु खाना पचाउन तयार रहने सामान्य प्रक्रिया पनि हो । मुखमा आउने र्‍यालले नै खानाको २० प्रतिशत भाग मुखमा नै पचाउन मद्दत गर्छ । र्‍यालमा हुने इन्जाइमहरुले नै खानालाई टुक्र्याउन र पचाउन मुख्य भूमिका खेलिरहेका हुन्छन् । त्यति मात्र नभई मुखमा आउने र्‍यालले नै खानेकुराको मज्जा लिन मद्दत गर्ने डा. भण्डारी बताउँछन् ।

र्‍याल कम आउनु रोगको संकेत  

यद्यपि, कुनै पनि खानेकुरा देख्ने बित्तिकै मुखमा र्‍याल नआउनु र मुख अरु बेलामा पनि सुख्खा हुनु भनेको कुनै रोगको संकेत हुन सक्ने डा. भण्डारी बताउँछन् । ‘कतिपय रोग र औषधिले र्‍याल ग्रन्थिमा असर गर्छ, जसले मुख सुख्खा हुने गर्छ,’ उनी भन्छन् ।

उनका अनुसार मधुमेह, स्ट्रोक, अल्जाइमर, एचआईभी÷एड्स जस्ता रोग लाग्दा र्‍याल कम उत्पादन हुन्छ । बुढ्यौली लाग्दै जाँदा मुख सुख्खा हुने अनुभव धेरैले गर्छन् । डिप्रेसन, उच्च रक्तचाप र चिन्ताको उपचार गर्न प्रयोग गरिने केही औषधिको प्रयोगले पनि मुख सुख्खा गराउन सक्छ ।

दीर्घरोगको औषधि सेवनसँगै शरीरको क्षमतामा परिवर्तन, अपर्याप्त पोषण र दीर्घकालीन स्वास्थ्य समस्याले मुख सुख्खा हुने गर्छ ।

मुख हुँदा कुनै पनि खानेकुराको पहिलाको जस्तो स्वाद नहुने, गिजा, जिब्रो र मुखमा रहेका अन्य तन्तु सुन्निने र असहज हुने गर्छ, जसले मुखमा हानिकारक जीवाणुको वृद्धि गराई श्वास गन्हाउने, दाँत तथा गिजासम्बन्धी रोग निम्त्याउने डा. भण्डारी बताउँछन् ।

खानेकुरा मुखमा पानी
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती

नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती

कहिले नसुत्ने मस्तिष्क

कहिले नसुत्ने मस्तिष्क

सरकारी अस्पताल चाहिँ गुणस्तरीय नभए पनि हुन्छ ?

सरकारी अस्पताल चाहिँ गुणस्तरीय नभए पनि हुन्छ ?