+
+

सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एकजना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १०:३६
प्रतिकात्मक तस्वीर

१७ वैशाख, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा८च ९१३५ नम्बरको कार आज बिहान दुर्घटना हुँदा झापा चारपानेका ५० वर्षीय कुमार पुरी र काठमाडौंको गौरीघाटकी ४३ वर्षीया सहारा प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार चालक पुरी र प्रसाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले जानकारी दिए ।

दुर्घटनामा प्युठान नगरपालिका-८ घर भएका योगेन्द्र थापा गम्भीर घाइते भएका छन् । उनको सिन्धुलीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

काठमाडौंबाट बीपी राजमार्ग हुँदै सिन्धुली आइरहेको कार आज बिहान सडकबाट अन्दाजी ७० फिट तल खसेको थियो ।

प्रहरीले घटनाको जानकारी बिहान साढे ५ बजे पाएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा बिहान ३-४ बजे नै दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?