
१७ वैशाख, काठमाडौं। कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ ।
कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको छ । वैशाख ३ मा आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता पाउन सकेको छैन।
उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो। कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन् ।
पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठन लगायतमा पनि छलफल हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4