
१७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका खनालले पुनका मागबारे सत्ता गठबन्धनको बैठकको एजेण्डा बन्नुपर्ने बताएका हुन् ।
‘गठबन्धनको बैठक बस्नुपर्ने हो, उहाँका एजेण्डा अघि सारेर एउटा टुंगोमा पुग्नुपर्ने हो । हाम्रो देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि (धर्नामा) बस्नुपर्ने परिस्थिति हुनै नदिनुपर्ने थियो’ उनले भने ।
यस वर्षको बजेटमा महावीर पुनको मागलाई सम्बोधन गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका खनालले बताए ।
‘गठबन्धनलाई म भन्न चाहन्छु यो सबैको प्रक्रिया हो । यस वर्षको बजेटमा यसलाई स्वीकार गरेर कति सकिन्छ त्यही अनुसार अघि बढ्नुपर्छ । देशका अरु धेरै युवा वैज्ञानिक हुनुहुन्छ, उहाँहरुलाई काम गर्नसक्ने वातावरण बनाउनुपर्छ, अहिले हाम्रा देशका युवा वैज्ञानिकहरु बहिर्गमनमा लाग्ने खतरा पैदा भएको छ’ उनले भने ।
प्रतिक्रिया 4