+
+

आर्सनलका प्रशिक्षक भन्छन् : उपाधि होड सकिएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते २१:३५

१८ वैशाख, काठमाडौं । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले प्रिमियर लिगको उपाधि होड नसकिएको र सिजनकै राम्रो हिस्सा आउन बाँकी नै रहेको बताएका छन् ।

यो सिजन २४७ दिन लिगको शीर्ष स्थानमा रहेको आर्सनल आइतबार म्यानचेष्टर सिटीसँग ४–१ ले पराजित भएको थियो, जसका कारण उपाधि होड उनको हातबाट फुस्किएको छ ।

पछिल्लो चार खेलमा जितविहीन रहेको आर्सनलले मंगलबार चेल्सीसँग घरेलु मैदानमा खेल्ने तालिका छ ।

यो खेलबाट क्लबलाई फेरि जितको लयमा फर्काउन चाहेका प्रशिक्षक अर्टेटा भन्छन्, ‘हामीले अझै प्रिमियर लिग जित्न सक्छौं किनकी अझै ५ खेल बाँकी छ र धेरै कुरा हुनेवाला छ ।’

उनलाई थाहा छ, सबैथोक आर्सनलको हातमा छैन । भन्छन्, ‘सबथोक हाम्रो हातमा छैन । हाम्रो हातमा के छ भने बाँकी सबै खेल जित्न कोसिस गर्ने र बाँकी सिटीलाई छाडिदिने ।’

आफ्नो टिमका खेलाडीहरुमा पनि जितको भोक रहेको भन्दै उनले पछिल्लो साता जे भयो, त्यसलाई भुलेर आगामी खेलमा केन्द्रित हुनुपर्ने बताएका छन् । आर्सनलले २००४ पछि प्रिमियर लिगको उपाधि जितेको छैन । तर यो सिजन लोभलाग्दो प्रदर्शन गरेको आर्सनलले २०१६/१७ को सिजनपछि पहिलो पटक अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?