+
+

अँध्यारो भएपछि फर्कियो दार्चुलामा बेपत्ता ५ जना खोज्न गएको सशस्त्रको टोली

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते २०:१९

१९ वैशाख, काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिका-१, बोलिनमा मंगलबार २ः४५ बजेतिर गएको हिमपहिरोमा परेर बेपत्ताको खोजी गर्न गएको सशस्त्र प्रहरी बलको टोली छाङरु फर्किएको छ ।

दिउँसोदेखि बेपत्ता १२ मध्ये ६ जनाको सशस्त्र प्रहरी बलको छाङ्रुस्थित गुल्म नम्बर ५० जनाले उद्दार गरेको छ । तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको टोली केहिवेरअघि फर्किएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए ।

उनका अनुसार बुधबार बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु हुनेछ । जिल्ला प्रशासन कार्यालयका दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार हिमपातका कारण मंगलबार हेलिकोप्टरबाट थप उद्दार तथा मद्दत टोली पठाउन पनि सम्भव भएन ।

सशस्त्र प्रहरीका अनुसार १२ जना नै यार्सागुम्बा खोज्न बोलिनतिर गएका थिए । घटना भएको स्थान सशस्त्र प्रहरीको छाङ्रु गुल्मबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ । तर बाटो भिरालो र अफ्ठ्यारो भएकाले घटना भएको स्थान पुग्न साढे ३ घण्टा लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?