+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

‘ज्याकी : आई एम ट्वान्टी वान’को प्रिमियरमा पुगे सेलिब्रिटी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १२:२६

काठमाडौं । रेनशा राई निर्देशित फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को नयाँ बानेश्वरस्थित वान सिनेमाज मल्टिप्लेक्समा प्रिमियरमा गरिएको छ । मंगलबार बेलुका आयोजित प्रिमियर फिल्मका शीर्ष कलाकार, निर्माता, निर्देशकदेखि अन्य सेलिब्रिटीको उपस्थिति रह्यो ।

फिल्म हेर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कोरियोग्राफर तथा ‘आई एम ट्वान्टी वान’की निर्देशक रेनशा राई राणा, कलाकारहरु प्रियंका कार्की, केकी अधिकारी, रीमा विश्वकर्मा, शिल्पा मास्के, आना शर्मा, प्रेम सुब्बा, विमलेश अधिकारी, लुनिभा तुलाधर, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई लगायत पुगेका थिए । प्रिमियरमा फिल्मका शीर्ष कलाकार धीरज मगर र जसिता गुरुङको आकर्षणको केन्द्र रहे ।

फिल्म हेरेपछि प्रतिक्रिया दिंदै निर्देशक भट्टराईले भने, ‘नेपाली फिल्ममा जे बिक्छ त्यही बनाउने चलन छ । रेनशाले यो ट्रेण्डलाई भत्काइदिनुभएको छ ।’

धीरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री र प्रेम सुब्बाको मुख्य भूमिका रहेको फिल्मले २१ वर्षको युवकको डान्सर बन्ने सपनाको कथा भन्छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?