+

शेर्पासँग हारेपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

२०८० वैशाख  २० गते १७:४७ २०८० वैशाख २० गते १७:४७
शेर्पासँग हारेपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

२० वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा  सातदोवाटो युथ क्लबले हिमालयन शेर्पासँग १–० को हार ब्यहोरेको छ ।

च्यासल मैदानमा बुधबारै भएको खेलको ६५औं मनेटमा विदेशी खेलाडी खामिर गिल्सानले गरेको गोल शेर्पाको जितमा निर्णायक रह्यो । यो हारपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

सातदोवाटो १४ खेलबाट २२ अंकसहित चौथो स्थानमा छ । शेर्पाका लागि भने यो जितले ठूलो अर्थ राखेको छ ।

१४ खेलबाट १७ अंक बनाएको शेर्पाले ६ स्थान उक्लिएर आठौं स्थानमा पुगेको छ । उसले रेलिगेसन क्षेत्रसमेत छाडेको छ ।

खेलका तस्वीरहरू हेर्नुहोस् :

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय