
२० वैशाख, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले मोरङका अग्रज पत्रकारलाई सम्मान गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधवार मोरङका १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।
दुई दशक भन्दा बढी समय पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका अग्रज पत्रकारलाई सम्मान गरेको महासंघ मोरङ अध्यक्ष सञ्जिव खनालले जानकारी दिए ।
सम्मानित हुनेहरुमा मिथिला उपाध्याय, शिवबहादुर कार्की, ऋतुवर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, मोहन भण्डारी, दीपक दाहाल, तेजेन्द्र भण्डारी, प्रभासचन्द्र झा र देवी पन्थी छन् ।
सम्मानितमध्ये कार्की, भण्डारी र दाहाल नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष हुन् । उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले कदर पत्र, दोसल्ला र नेपाल पत्रकार महासंघको लागो भएको मेडल प्रदान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4