+
+

मोरङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते ८:१९

२१ वैशाख, विराटनगर । मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४  वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको  हो ।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते लेटाङ– ६ का  ५५ वर्षीय रुद्र लम्सालको उपचार भइरहेको छ ।

गाडी  सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?