
काठमाडौँ । भ्वाइस किड्सको शुक्रबारको एपिसोडबाट चारजना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । दर्शकीय मतको आधारमा निकै रुचाइएका अन्य प्रतिस्पर्धी चाहिँ प्रतिस्पर्धाबाट बाहिरिए ।
टीम मिलन नेवारबाट सृष्टि लामा र निशित विके अन्तिम आठमा प्रवेश गरे । टीम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला फिनालेमा प्रवेश गरे ।
शनिबारको एपिसोडबाट टीम प्रमोद खरेल र टीम प्रविशा अधिकारीको समूहबाट चार जना फिनालेमा प्रवेश गर्नेछन् । जेठ ५ गते हुने फिनालेमा भ्वाइस किड्सले विजेता प्राप्त गर्नेछ । भ्वाइस किड्स प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4