+
+

आईपीएलमा मुम्बईमाथि चेन्नईको जित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १९:५९

२३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १४० रनको लक्ष्य चेन्नईले ४ विकेट गुमार १४ बल बाँकी छँदा पूरा ग¥यो ।

चेन्नईको जितमा देवन कनवेले ४४, ऋतुराज गैकवाडले ३०, शिवम दुवेले अविजित २६, अजिन्क्या रहानेले २१ र अम्बाती रायडुले १२ रनको योगदान गरे । कप्तान महेन्द्र सिंह धोनी २ रनमा अविजित गरे । बलिङतर्फ मुम्बईका पियुष चावलाले २ तथा तिर्सन स्तुवास र आकाश माधवलले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन जोडेको थियो । उसका नेहाल वाधेराले ६४, सूर्यकुमार यादवले २६ र तिर्सन स्तुवासले २० रनको योगदान गरेका थिए ।

बलिङतर्फ चेन्नईका माथिसा पथिरानाले ३, दिपक चहार र तुसहार देशपाण्डेले २/२ र रवीन्द्र जडेजाले १ विकेट लिएका थिए ।

जितपछि ११ खेलबाट १३ अंक जोडेको चेन्नई दोस्रो स्थानमा पुगेको छ । १० खेलबाट १० अंक नै रहेको मुम्बई छैठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?