+
+

लाम्पार्ड फर्किएपछि चेल्सीको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते २१:५५

काठमाडौं । फ्राङ्क लाम्पार्ड अन्तरिम म्यानेजरका रुपमा क्लबमा फर्किएपछि चेल्सीले पहिलो जित निकालेको छ ।

इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा चेल्सीले बोर्नमाउथलाई ३–१ गोल अन्तरले हराएको हो । लाम्पार्ड क्लबमा फर्किएपछि यसअघि खेलेको चार वटै खेल चेल्सीले हारेको थियो ।

बोर्नमाउथको घरेलु मैदानमा भएको खेलमा चेल्सीले नवौं मिनेटमा ग्यालेगरको गोलबाट अग्रता लिएको थियो । तर २१औं मिनेटमा मटियस भिनाले बराबरी गोल गरे ।

खेलको अन्तिम १० मिनेटमा दुई गोल गरेपछि चेल्सीले महत्वपूर्ण ३ अंक हात पारेको छ । उसका लागि ८२औं मिनेटमा बाडियाशिल र ८६ औं मिनेटमा जाओ फिलिक्सले गोल गरे ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?