+
+

राफिक अमिनुको दुई गोलमा फ्रेण्ड्सले खुमलटारलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १७:५८

२५ वैशाख, काठमाडौं । राफिक अमिनुले दुई गोल गरेपछि फ्रेण्ड्स क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सोमबार एफसी खुमलटारलाई ३-१ ले पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा फ्रेण्ड्सका लागि अर्को गोल सन्तोष खत्रीले गरे । खुमलटारका लागि मेसुके ओलोमोउले सान्त्वना गोल फर्काए ।

खेलको चौथो मिनेटमै अमिनुले गोल गर्दै कुपण्डोलको फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए ।

अमिनुले १६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई खेलमा फर्काउने प्रायस गरेका थिए ।

तर सन्तोष खत्रीले ७८औं मिनेटमा गवल गरेपछि प्रेण्ड्सले दुई गोल अग्रता बनायो र त्यसलाई कायम रख्दै सिजनको पाँचौ जित निकाल्यो ।

जितपछि १६ खेलबाट १९ अंक जोडेको फ्रेण्ड्स रेलिगेसन क्षेत्र छाड्दै नवौँ स्थानमा उक्लेको छ ।

उता सबैभन्दा धेरै ९ खेलमा पराजित खुमलटार १६ खेलबाट १७ अंकसहित रेलिगेसन क्षेत्रमा झरेको छ र नेपाल पुलिस भन्दा अगाडि १३औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?