
२८ वैशाख, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ घर भई हाल भक्तपुर-ठिमी ४ बस्ने ४६ वर्षीय भावना श्रेष्ठ रहेकी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
२०७८ साल कार्तिक २२ गते पाटन उच्च अदालतले बैंकिङ कसूर मुद्दामा उनलाई २५ लाख ९० हजार जरिवाना र ५ दिन कैद सजायको पैसला सुनाएको थियो ।
तर भावनाका श्रीमान राजु थापाले भने पैसा तिरेर पनि चेक फिर्ता नगरी आफूहरुविरुद्ध बैंकिङ कसूरको मुद्दा हालेको र उच्च अदालतले गरेको जरिवानाको फैसला चित्त नबुझेकाले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको बताएका छन् । घरमै बसिरहेको बेला भावनालाई प्रहरीले पक्रेर लगेको उनले अनलाइनखबरलाई बताएका छन् ।
प्रतिक्रिया 4