+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डोटीका जनप्रतिनिधि भन्छन् : यो वर्ष अलमलमै बित्यो, बाँकी अवधि राम्रो गर्छौं

रामहरि ओझा रामहरि ओझा
२०८० वैशाख ३० गते १८:३७

३० वैशाख, डोटी । गत बर्ष आजकै दिनको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो एक बर्षको कार्यकाल सिकाइमा बितेको वताएका छन् ।

एक बर्षको अवधीमा भएको सिकाइ र बटुलेको अनुभवले आगामी दिनमा काम गर्न सहज हुने जनप्रतिनिधिहरुको बुझाइ छ । डोटी शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायर भन्छन् ‘म निर्वाचित भएर आइसकेपछि एक बर्ष बुझ्न र सिक्नमा बितेको छ, अबका बर्षहरुमा राम्रो गरेर जान सक्छौं भन्ने बिश्वास बढेको छ ।’

बलायरले भौगोलिक बिकटता र सीमित स्रोत साधनका कारण सोचे जस्तो काम गर्न नसकेको बताए । उनी थप्छन् ‘बाहिर हुँदा म यस्तो गर्न सक्छु भन्ने लागेको थियो तर जिम्मेवारीमा पुगेपछि थोरै स्रोत साधन र भौगोलिक विकटताका कारण धेरै गर्न नसकिने रहेछ ।’ शिखर नगरपालिकाको भूगोल ठूलो भएको र नयाँ नगरपालिका भएका कारण पूर्वाधार पनि बनिनसकेका कारण थप समस्या भएको बलायरको भनाइ छ ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काको एक बर्ष पनि सिकाइमै बित्यो । ‘केही राम्रा प्रयासहरुको थालनी पनि भएको छ, त्यसको परिणाम आउने क्रममा छ’ नगर प्रमुख खड्का भन्छन्, ‘मेरा लागि यो नौलो जिम्मेवारी पनि भयो, त्यसैले एक बर्षको अवधीमा आफैंले गरेको कामप्रति पूर्ण सन्तुष्ट छैन ।’

उनले बाहिरबाट जसरी सहज रुपमा कल्पना गरिन्छ जिम्मेवारीमा पुगेपछि विविध कारणले आफ्नै सपनाहरुले रोक्ने रहेछ भन्ने अनुभव समेत भएको बताए । खड्काले भने, ‘स्रोत साधन थोरै छ, जनताका आशा अपेक्षाहरु धेरै छन्, यो दुईमा तालमेल मिलाउनै समस्या हुने रहेछ ।’ खड्काले एक बर्षमा भए गरेका उपलव्धीहरु सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरबबहादुर साउँदको एक बर्षे अनुभव पनि यस्तै छ । ‘गाउँपालिकासंग सीमित स्रोत साधन हुने रहेछ, विकास निर्माणका ठूला योजनाका लागि संघ र प्रदेशको सहयोग आवश्यक हुने रहेछ’ अध्यक्ष साउँद भन्छन् ‘संघ र प्रदेश सरकारको अस्थिरताले पनि स्थानीय सरकारलाई काम गर्न समस्या हुने रहेछ भन्ने सिकाइ भयो ।’ उनी पनि यो बर्ष सोचे अनुसारको प्रगति हुन नसकेको बताउँछन् । अर्को बर्ष राम्रो गर्ने विश्वास साउँदको छ ।

आफूले धेरै काम गर्ने प्रयास गरेपनि सरोकारवाला निकायहरुको ढिलासुस्तीले खासै उपलव्धी हुन नसकेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी वताउँछन् ।

‘गाउँपालिकाको वजेट गत बर्षका क्रमागत योजनाहरुमै खर्च भयो, विकासका लागि अन्य सरोकारवाला निकायहरुसंग धाउदै बर्ष बित्यो’, जोशी भन्छन् ‘तर प्राप्त स्रोत साधनहरुको हामीले सही ढंगले उपयोग गरेका छौं ।’ गाउँपालिकामा आउने सीमिति स्रोत साधनले जनताका तमाम अपेक्षा पूरा गर्न समस्या भएको जोशीको भनाइ छ । नयाँ जिम्मेवारी भएकाले बुझ्दैमा समय बितेको जोशी बताउँछन् ।

बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष बिष्नादेवी बम यो एक बर्ष अलमलमै बितेको बताउँछिन् । ‘चुनौतीहरु धेरै छन्, यसलाई कसरी सहज बनाउने भन्नेमै एक बर्ष बित्यो’ उपाध्यक्ष बम भन्छिन्, ‘यो अवधिमा जनताले खोजेको कुरा के हो भन्ने थाहा भएको छ ।’ उनी जिम्मेवारीमा रहेका व्यक्तिहरुसंग जनताको अपेक्षा धेरै हुने तर स्रोत साधन थोरै हुने भएका कारण समस्या भएको वताउँछिन् ।

विभिन्न जिम्मेवारीहरुका कारण उपाध्यक्षलाई थप चुनौती रहेको बम बताउँछिन् । उनी भन्छिन्, ‘न्यायिक समितिको संयोजक छु, कानूनी ज्ञान आफूलाई छैन । गाउँपालिकामा कानुन अधिकृतको दरवन्दी हुनुपर्ने हो, त्यो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?