+
+

महोत्तरीबाट हतियारसहित एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते २०:३१

३१ वैशाख, जनकपुरधाम । महोत्तरीबाट हतियारसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्लाको बाजोपट्टी गाउँ वडा नं. ६ बस्ने २६ वर्षीय पप्पु यादव छन् ।

शनिबार राति पौने ९ बजेको समयमा महोत्तरीको एकडरा गाउँपालिका ४ हल्खोरी बजारस्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

पक्राउ परेका यादवको साथबाट होममेड इन इण्डिाय लेखिएको १ थान पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली बरामद भएको प्रवक्ता गिरीले बताए ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?