+
+

अस्ट्रेलियाली सहायक विदेशमन्त्री काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १३:२६

२ जेठ, काठमाडौं । अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन् ।

सहायक विदेशमन्त्री वाट्सको भ्रमणका क्रममा नेपाल र अस्ट्रेलियाबीचको निकट सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सहायकमन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

नेपालबाट चोरी भएर अस्ट्रेलिया पुगेको रत्नेश्वर मन्दिरको टुँडाल आर्ट ग्यालरी न्यू साउथ वेल्सले नेपाललाई फिर्ता गर्ने भएको छ । संग्रहालयका निर्देशक डा. माइकल ब्रान्डले उक्त टुँडाल हस्तान्तरण गर्ने कार्यक्रममा वाट्स सहभागी हुनेछन् ।

साथै, उनले काठमाडौं विश्वविद्यालय भ्रमण गर्ने र सोही क्रममा अस्ट्रेलियाली संस्थाहरू र विश्वविद्यालयबीच भइरहेको सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ ।

यस्तै सहायकमन्त्री वाट्सले पशुपतिनाथ मन्दिर परिसर र बौद्धनाथ परिसरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?