+
+

कमल थापा दार्जीलिङमा जारी टेनिस प्रतियोगिताको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १९:५५

३ जेठ, काठमाडौं । कमल थापा वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

भारतको दार्जीलिङ जिम खाना क्लबले आयोजना गरेको अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन आईटीएफको मान्यता प्राप्त प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल्स प्रतिस्पर्धामा थापा र झ्याम्पा दोण्डुपको जोडी फाइनलमा पुगेको हो ।

यो जोडीले भारतका आशिष  सेन र नरेश भिजको जोडीलाई ६-४ र ६-२ को सोझो सेटमा हराएको छ ।

वैशाख ३० देखि दार्जीलिङमा भइरहेको यो प्रतियोगितामा भारत, नेपाल, भुटान लगायत विभिन्न देशका सय भन्दा बढी सिनियर खेलाडीको सहभागिता छ ।

यस्तै सिङ्गलतर्फको प्रतिस्पर्धामा कमल थापा भारतका उदय माथुरलाई क्वार्टर फाइनलमा ६-२ र ६-२ को सोझो सेटमा  पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?