+
+

‘मिस्टर एण्ड मिस नेसनल नेपाल-२०२३’ बने शिशिर र समा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १६:४०

काठमाडौं । ‘मिस्टर एण्ड मिस नेसनल नेपाल-२०२३’ को उपाधि क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन् । बुधबार बेलुका सम्पन्न फिनालेमा वाग्ले र पराजुली पुरुष र महिला संस्करणतर्फ विजयी घोषित भए ।

‘मिस ग्लोबल नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्वल ताम्राकार घोषित भए । यीमध्ये ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का विजेताले ‘मिस्टर एण्ड मिस सुप्रानेसनल’मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् भने अन्यले सोही शीर्षक अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे र तेस्रो अंकित कातिला र सुम्निमा खापुङ लिम्बू घोषित भए ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिए । ‘विजयीले आफूलाई अन्तर्राष्ट्रिय स्टेजमा अब्बल सावित गर्न सक्नुहोस् शुभकामना छ । तपाईंहरूसँग हामी छौं । देश चिनाउने अभियानमा अगाडि बढ्न आग्रह गर्छु,’ मन्त्री लिम्बूले भने ।

उनले आफ्नो मन्त्रालयलाई खेलकुदमा मात्र जोडेर नबुझ्न आग्रह गरे । ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्कारले सहभागी सम्पूर्णको भविष्य उज्वल देखेको बताए । ‘म एक सातादेखि नेपालमा छु । प्रतियोगीको लगनशीलता र मेहनत देखेर म प्रभावित भएको छु । नेपालमा यसको सुरुवात गरेर प्रतियोगीलाई अन्तर्राष्ट्रिय यात्रा गराउने आयोजकलाई धन्यवाद,’, मौलिंकारले भने ।

आयोजक सन्तोष उपाध्यायले आफैं ‘मिस्टर सुप्रानेसनल’मा सहभागी भएकाले युवाको लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुवात गरेको बताए ।

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका १७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिएँ । त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन् । प्रतियोगितालाई सनुर्भी इन्टरनेसनल प्रालिले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?