+
+

तीन तहका सरकारबीचको दोहोरोपन हटाउने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १६:३६

५ जेठ, काठमाडौं । सरकारले तीन तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने घोषणा गरेको छ ।

आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविस्तृतीकरण प्रतिवेदनको पुनरालावेकन गरिने बताएका छन् ।

उनले राष्ट्रिय समन्वय परिषद् लगायतलाई सक्रिय बताउने बताएका हुन् ।

राष्ट्रिय प्राथमिकताको काम गर्न तीनै सरकारलाई गर्न नीतिगत र कानुनी व्यवस्था गरिने पौडेलले बताएका छन् ।

तीन तहका सरकारबीच राम्रो समन्वय नभएको र सरकारले गर्ने कामहरु दोहोरिने गरेको भन्दै आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?