+
+

दिल्लीलाई हराउँदै प्ले अफमा पुग्यो चेन्नई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते २०:१०

६ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सले समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटललाई ७७ रनले हराएको छ र प्लेअफमा स्थान बनाएको छ ।

दिल्लीमा पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २२३ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको दिल्लीले ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो ।

शानदार ओपनिङ

चेन्नईको सुरुवात निकै राम्रो रह्यो । ओपनरद्वय ऋतुराज गायकवाड र डेवोन कन्वेले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे । १५औं ओभरको तेस्रो बलमा पहिलो विकेटका रुपमा ऋतुराज आउट भए । ५० बलको सामना गरेका उनले तीन चौका र ७ छक्काको मदतमा ७९ रन बनाए ।

तेस्रो नम्बरमा व्याटिङ गर्न आएका शिव दुवेले २२ रन बनाएर पभेलियन फर्किए । अन्तिम १० बल खेल्नुअघि तेस्रो विकेटका रुपमा आउट भएका डेवोन ८७ रन बनाए । रवीन्द्र जडेजा २० र एमएस धोनी ५ रनमा अविजित रहे ।

वार्नरलाई साथ दिने कोही भएन

२२४ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात नै खराब रह्यो । मात्र ५ रन जोड्दा पृथ्वी शा व्यक्तिगत ५ रनमै आउट भए । अर्का ओपनर डेभिड वार्नरले एउटा एण्ड सम्हालेका थिए, तर कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् ।

दिल्लीले निरन्तर विकेट गुमायो । फिल साल्ट ३, रिले रोसौव शुन्य, यश ढुल १३, अक्षर पटेल १५, अमन हकिम खान ७ रनमा आउट भए । १८.३ ओभरसम्म क्रिजमा संघर्ष गरेरका वार्नरलाई मतिशा पथिनाराले माइन अलीको हातबाट क्याच गराए । ५८ बलको सामना गरेका वार्नरले ७ चौका र ६ छक्कको मदतमा ८६ रन बनाए ।

बाँकी ९ बलमा २ रन जोड्दा २ विकेट गुमायो र २० ओधारमा ९ विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो ।

यो जितसँगै चन्नईले १४ खेलबाट १७ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा छ । हारपछि दिल्ली भने १० अंकका साथ प्रतियोगिताबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?