+
+

राष्ट्रिय उद्यान महासंघ गठन,अध्यक्षमा लुइटेल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते ८:१५

८ जेठ,बुटवल । देशभरका उद्यानहरुको बुटवलमा सम्पन्न पहिलो  सम्मेलनले राष्ट्रिय उद्यान महासंघ गठन गरेको छ ।

महासंघको अध्यक्षमा मणिमुकुन्दसेन उद्यान बुटवलका अध्यक्ष खेमप्रसाद लुइटेल चयन भएका छन् ।

महासंघको उपाध्यक्षमा रघुनाथ खुलाल (मकवानपुर) र मीना श्रेष्ठ (रुपन्देही) चयन भएका छन् ।

यस्तै महासचिवमा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्मा (रुपन्देही, सचिवमा लक्ष्मीप्रसाद खनाल (सुनसरी) र कोषाध्यक्षमा सुनिता शर्मा (पाल्पा) चयन भएका छन् ।

महासंघको सदस्यहरुमा विष्णुमाया आचार्य, टंक बराल,अमरबहादुर कार्की, हिमालकुमार श्रेष्ठ, दिलकुमार गिरी, हरिकला कुमाल, शान्ता खनाल र हेमबहादुर बम निर्वाचित भएका छन् ।

सम्मेलनमा सातै प्रदेशबाट करिब ४० जिल्लाका १५० उद्यानबाट प्रतिनिधित्व भएको सम्मेलनका सदस्य सचिव अनन्त लिवालले बताए  ।

मणिमुकुन्दसेन उद्यान बुटवल र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा भएको सम्मेलनले उद्यानहरुको दर्ता, व्यवस्थापन तथा सञ्चालनसम्वन्धी एकीकृत राष्ट्रिय नीति तथा कानुन यथाशीघ्र निर्माण लगायत १२ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?