+

सनस्क्रिन लगाउने खास तरिका के हो ?

२०८० जेठ  ९ गते १६:३३ २०८० जेठ ९ गते १६:३३
Shares
सनस्क्रिन लगाउने खास तरिका के हो ?

काठमाडौं । गर्मी मौसमको सुरुवातसँगै धेरैलाई आफ्नो छालाको चिन्ता हुन थाल्छ । किनकि चर्को घामको हानिकारक किरणले छालामा सनर्बन, दागधब्बा र चिल्लोपनजस्ता समस्या देखा पर्छ । छालामा हुने यस्ता समस्याबाट बच्न विशेष ध्यान पुर्‍याउनुपर्छ ।

छालालाई घामको सम्पर्कबाट बचाउन सनस्क्रिनको प्रयोग गर्नुपर्ने कुरा त धेरैलाई जानकारी हुन्छ । तर कस्तो सनस्क्रिम लगाउने र कसरी लगाउने भन्ने कुराको भने दुविधा हुन्छ ।

यस्तोमा गर्मीमा सनस्क्रिन किन्दा के के कुरामा ध्यान दिने ? कसरी प्रयोग गर्ने लगायत विषयमा छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. अनिलकुमार भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

किन लगाउने सनस्क्रिन ?

सूर्यबाट आउने किरणमा यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट लगायत विभिन्न लाइट हुन्छन् । जसमध्ये पराबैजनी किरण जसमा यूबीए र यूबीबीले छालालाई केही नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न हामीले सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

गर्मी मौसममा मात्र होइन बाह्रै महिना सनस्क्रिन लगाउनु उत्तम हुन्छ । किनकि जाडोमा पनि सूर्यबाट आउने किरणमा यूबीए र यूबीबीजस्ता हानिकारक किरण आइरहेको हुन्छ ।

डा. अनिलकुमार भट्ट

कति एसपीएफको सनस्क्रिन लगाउने ?

एसपीएफ ३० र एसपीएफ ५० कतिको सनस्क्रिन लगाउने भन्ने प्रश्न धेरैको हुन सक्छ । एसपीएफ ३० र एसपीएफ ५० मा खासै धेरै फरक हुँदैन । साधारणतया ३० एसपीएफ लगाउँदा पनि हुन्छ । तर जसको अनुहारमा चाया, पोतो, कालो दाग छ, जसलाई दिनभरि घाममा काम गर्नुपर्छ उनीहरूले एसपीएफ ५० लगाउँदा राम्रो हुन्छ । घामको एलर्जी हुनेले एसपीएफ ८० भएको सनस्क्रिन लगाउन सक्छन् ।

कस्तो सनस्क्रिन लगाउने ?

सबैभन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो त्यो थाहा पाउनुपर्छ । आफ्नो छालाअनुसारको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने जुनसुकै लगाउँदा पनि हुन्छ । सुख्खा छाला छ भने क्रिम बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्योबाहेक कसै-कसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

कसरी लगाउने ?

घरबाट निस्कनुभन्दा १०–१५ मिनेटअघि सधैं सनस्क्रिन लगाउनुपर्छ । अतिरिक्त सुरक्षाको लागि प्रत्येक दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुन्छ । वाटर प्रुफ सनस्क्रिन पानीमा भएको लगभग ४० देखि ८० मिनेटको लागि प्रभावकारी हुन्छ, त्यसैले पानीबाट बाहिर निस्केपछि यसलाई पुनः लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा मात्र होइन घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्छ ।

सनस्क्रिन लगाउँदा के के कुरामा ध्यान दिनुपर्छ ?

एसपीएफ कति छ र तपाईं कति घामको सम्पर्कमा आउनुहुन्छ भन्ने कुरा ध्यान दिएर मात्र सनस्क्रिन किन्नुपर्छ । सनस्क्रिन किन्दा एसपीएफ मात्र नभइकन पराबैजनी किरण ए पनि भएको हेर्नुपर्छ । यदि (पीए+++) अथवा चारवटा प्लस भएको सनस्क्रिन छ भने त्यो अझ राम्रो हुन्छ ।

सनस्क्रिनको साथै घाममा निस्कनुअघि टोपी, चस्मा र पूरा बाहुला लुगा पनि लगाउनुपर्छ ।

गर्मीयाम सनस्क्रिन
डा. अनिलकुमार भट्ट
लेखक
डा. अनिलकुमार भट्ट
छाला तथा यौनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९४८० अध्ययन : एमबीबीएस, डीआईडीडीएस, एमडी, पीएचडी डर्म डाइनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक ललितपुर कुमारीपाटी र धनगढीका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ