+
+

काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा भारतको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते ११:१२

९ जेठ, काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा भारतले लगातार दोस्रो खेल जितेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो ।

पहिलो सेट २५–१७ ले हारेको किर्गिस्तानले दोस्रो  र तेस्रो सेटमा झनै फितलो प्रदर्शन गर्‍यो । यी दुवै सेट उसले २५–८ ले गुमायो ।

समूह बीमा दोस्रो खेल जितेको भारत सेमिफाइनल नजिक पुगेको छ । उसले हिजो बंगलादेशलाई पनि ३–० को सेटमा नै हराएको थियो ।

हिजो नेपालसँग हारेको किर्गिस्तानको यो लगातार दोस्रो हार हो ।

नेपालले आज आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?