+
+

वर्षको १३ करोड कमाउँछ यो कुकुर, आखिर के काम गर्छ ?

एजेन्सी एजेन्सी
२०८० जेठ १० गते १३:०१

अहिलेको इन्टरनेटको जमानामा सोसल मिडियाले जोकोहीलाई पनि रातारात स्टार बनाइदिन सक्दछ । यदि अनलाइनमा तपाईं तथा तपाईंले गरेको कामलाई कसैले मन पराए भने तपाईंलाई भित्रैदेखि स्वीकार गर्छन् र पछि फर्केर हेर्दैनन् ।

अनलाइनमा यसरी एकाएक सेलिब्रेटी बनेका तथा भाइरल बनेर चर्चा तथा मनग्गे धन समेत कमाएका मानिसका उदाहरण धेरै छन् ।

तर के तपाईंले कुनै कुकुरले यसैगरी एक वर्षमा करिब १३ करोड ३० लाख कम कमाइरहेको कुरा सुन्नुभएको छ ?

टुकर नामक उक्त गोल्डेन रिट्राइभर जातको कुकुरले अनलाइनमा विभिन्न प्रायोजित विज्ञापनहरु खेलेरै लाखौं डलर कमाउने गरेको छ ।

कर्टनी र माइक बुडजिनले पालेको सो कुकुरले युट्युबका भिडियोमा विज्ञापन खेलेर वार्षिक ४० देखि ६० हजार डलर कमाउँछ । त्यस्तै इन्स्टाग्राममा ३ देखि ८ वटा स्टोरीजका लागि करिब २० हजार डलर कमाउँछ ।

सो कुकुरकी मालिकनी कर्टनीका यसअघि घर सफा गर्ने काम गर्दथिन् भने उनका पति सिभिल इन्जिनियर थिए । तर टकर र उसको छाउरो टोडलाई हेरविचार गर्ने काममा अहिले दुबैजना पूर्णकालीन रुपमा खटिएका छन् । जसवापत टकर प्रसस्त पैसा कमाइदिएको छ ।

कर्टनीले टकरलाई ८ महिनाको हुँदा घरमा ल्याएकी थिइन् र सोही बेला अर्थात् सन् २०१८ को जुलाईमा उसको फेसबुक पेज बनाइदिएकी थिइन् । जुलाईमै सो कुकुरको पहिलो भिडियो भाइरल बनेको थियो । टकर ६ महिनाको छँदा नै उसका फेसबुक फलोर्सको संख्या ६० हजार नाघेको थियो ।

छाउरो टोड जन्मिएपछि आमा टकरका फलोअर्स झनै बढे । अहिले उसका इन्स्टाग्राममा ३० लाख भन्दा धेरै फलोअर्स छन् । त्यस्तै फेसबुकमा ४३ लाख, ट्वीटरमा ६२ हजार र युट्युबमा ५१ लाख फलोअर्स छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?