+
+

रौतहटमा एक वृद्धको गोली हानी हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते २०:०३

११ जेठ, रौतहट। रौतहटमा एक ७० वर्षीय वृद्धको गोली हानी हत्या भएको छ।

देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा १ किलोमिटर टाढा भेटिएको थियो।

टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तैयबलाइ घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रौतहटमा पछिल्लो समयमा हत्याको शृंखला बढेको छ । केही दिन अघि मात्रै गौर ७ का एक व्यक्तिको छुरा प्रहार गरी हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?