
१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानीमा गिरावट आएको छ । आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७९/८० को फागुनसम्मको तथ्याङ्कअनुसार गत वर्षको समीक्षा अवधिको तुलनामा मुलुकभित्र भित्रिने खुद प्रत्यक्ष वैदेशिक लगानी ९२.८ प्रतिशतले घटेर एक अर्ब १७ करोडमा सीमित भएको छ ।
गत आवको फागुनसम्म मुलुकमा १६ अर्ब ३० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । घट्दो लगानी र लगानीको बढ्दो दायित्वका कारण सरकारी कोष थप दबाबमा पर्ने जोखिमको संकेत आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
गत २०७८ असार मसान्तसम्म २ खर्ब २७ अर्ब ९५ करोड रहेको प्रत्यक्ष वैदेशिक लगानीको दायित्व २०७९ असारमा २ खर्ब ४६ अर्ब ५१ करोड कायम भएको विवरणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4