+
+

पिज्जाको पारखी हुनुहुन्छ ? प्रेस्टिजियोले पस्किन्छ २० थरी पिज्जा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १६:३३

काठमाडौं । तन्नेरी पुस्तालाई सोध्नै परेन, उनीहरुलाई नास्तामा के मनपर्छ ? तात्तातो जवाफ आउँछ- पिज्जा । रेस्टुरेन्टको मेनुमा सर्वाधिक चल्ने परिकार यिनै हुन्, मःम, चाउमिन, बर्गर अनि पिज्जा ।

कुरा गरौं, पिज्जाको । सहरमा त्यस्ता अनगिन्ती रेस्टुरेन्ट छन्, जसको भान्सामा पिज्जा तयार हुन्छ । तर ती सबै रेस्टुरेन्टमा पाक्ने पिज्जामा एकरुपता हुन्न । आकारमा मात्र होइन स्वादमा पनि । खासमा पिज्जाको असली स्वाद कस्तो हुन्छ ? जवाफ फेला पार्न कठिन हुन्छ । बरमझियाको पेडा झैं असली पिज्जाको स्वाद खोज्न सहरको कुनाकाप्चा चहार्नुपर्ने हुन्छ । यस्तैमा एउटा गन्तव्य हो, प्रेस्टिजियो फुड्स ।

नयाँ बानेश्वरस्थित जापानी उत्पादन बिक्री हुने मिनी शोको ठीक माथिल्लो तल्लामा उक्लिएपछि प्रेस्टिजियोको ढोकामै पुगिन्छ । यो त्यही रेस्टुरेन्ट हो, जहाँ तपाईंले धीत मरुञ्जेल पिज्जाको स्वाद लिन सक्नुहुनेछ । अमेरिकन रेसिपी बेस पिज्जा प्रेस्टिजियोको खास परिकार हो ।

आधुनिक पिज्जाको उद्गम मानिन्छ, इटालीलाई । अनि अधिकांश रेस्टुरेन्टले पस्किने स्वाद पनि इटालिन पिज्जा नै हो । इटालीमा सदियौं वर्षअघि सैनिकले खाने रोटी क्रमिक रुपमा पिज्जामा रुपान्तरण भयो र विश्वका खाना पारखीमाझ पुग्यो । समयक्रममा इटालियन अप्रवासीले आफ्नो परम्परागत व्यञ्जनलाई अमेरिकामा पनि भित्र्याए । न्युयोर्क, सिकागोजस्ता सहरमा पिज्जा लोकप्रिय हुन थाल्यो । त्यही बखत न्युयोर्कमा स्थापना भएको पिज्जा पार्लर लोम्बार्डीले पिज्जाको स्वादलाई थप व्यापक बनाइदियो ।

अमेरिकन स्वादमा पाक्ने त्यही पिज्जालाई प्रेस्टिजियोले पस्किने गरेको छ । सञ्चालक बालकृष्ण श्रेष्ठ भन्छन्, ‘पिज्जा भन्नासाथ प्रायःले इटालियन स्वादमा तयार गर्छन् । तर हामीकहाँ बन्ने पिज्जा अमेरिकन गुणस्तर र स्वादको हो ।’

त्यसमा पनि एक, दुईथरी होइन । २० प्रकारका पिज्जा यहाँको भान्सामा तयार हुन्छ । त्यसमा मिट लभर पिज्जा, बार्बिक्यु पिज्जा, चिकेन चिल्ली पिज्जा, मार्गरिटा पिज्जाजस्ता फरक-फरक स्वाद छन् ।

काठमाडौंका रेस्टुरेन्टहरुले मूलतः इटालियन, फ्रेन्च, मेक्सिकन पिज्जा पस्किंदै आएका छन् । कतिपयमा अमेरिकन पिज्जा पनि छन् । यी सबै पिज्जाको स्वादमा एकरुपता हुन्न । सञ्चालक श्रेष्ठ भन्छन्, ‘अमेरिकन पिज्जा त्यसमा पनि हामीले पस्किंदै आएको पिज्जाको खास विशेषता छ । यसको रोटी एकदमै नरम हुन्छ र त्यसमा तेलको मात्रा कति पनि हुँदैन । हामीले पिज्जामा प्रयोग हुने सामग्री पनि विदेशबाट आयत हुन्छ ।’ उनका अनुसार प्रेस्टिजियोको पिज्जामा डेनमार्कबाट आयात गरिने चीज, अमेरिकन सस, ओलिभ आयल आदि प्रयोग गरिन्छ ।

प्रेस्टिजियोमा धेरैले रोज्ने पिज्जा हो, मिट लभर । त्यसपछि नेपाली जिब्रोले खोज्ने पीरो चिकेन चिल्ली पिज्जा पनि रुचाइएको छ । यद्यपि प्रेस्टिजियोमा पिज्जा मात्र होइन, अरु कन्टिनेन्टल परिकार पनि बन्छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?