+
+

‘दिमाग खराब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते २२:१९

काठमाडौं । छायांकन नसकिँदै निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’को अन्तर्राष्ट्रिय राइट विक्री भएको छ । यो फिल्मको विश्व प्रदर्शन र वितरण अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । यो फिल्मबाट बस्नेत ६ वर्षपछि निर्देशनमा फर्किएका छन् ।

नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउने सोचसहित अष्ट्रेलियाको नेपाली डायस्पोरामा स्थापना भएको कम्पनीले फिल्मको राइट खरिद गरेको हो । यो कम्पनीले फिल्म ‘दिमाग खराब’सँगै ‘नांगो गाउँ’को राइट पनि लिएको छ । कम्पनीका बजार निर्देशक छत्र थापाका अनुसार प्रवासमा खुम्चिएको नेपाली फिल्मको बजारलाई आफ्नो समूहले वृहत र बिस्तार गर्ने उद्देश्य राखेको बताए ।

उनले भने, ‘यसो गर्न सके व्यवहारिकरुपमा पनि नेपाली फिल्मका निर्मातालाई सहज हुने छ भने आर्थिक रूपमा पनि धेरैसँग कारोबार गर्न पर्ने झण्झट हुँदैन । हाम्रो यो सोच र उद्देश्यमा फिल्म निर्माताले साथ दिइराख्नु भएको छ ।’

बिश्वमाझ नेपाली फिल्मको उपस्थिति बलियो बनाउन र फिल्मका लगानीकर्तालाई आर्थिकरुपमा साथ र सहयोग गर्ने उद्देश्यले पनि एमएसएम इन्टरटेन्मेन्ट सन्चालनमा आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?