+

चुरोटले कसरी मक्काउँछ हड्डी ?

२०८० जेठ  २२ गते १३:५० २०८० जेठ २२ गते १३:५०
Shares
चुरोटले कसरी मक्काउँछ हड्डी ?

चुरोटको धुवाँले फोक्सोलाई मात्र ध्वस्त बनाउँदैन । स्नायुप्रणालीलाई पनि यसले घात गर्छ । त्यससँगै हड्डीलाई समेत कमजोर बनाउँछ । चुरोटको धुँवामा जुन हानिकारक रसायन हुन्छ त्यसले हड्डीलाई कमजोर बनाउँछ । त्यसैले चुरोटको तल लागेकाहरुको हड्डी भाँचिएमा जोडिन कठिन हुन्छ ।

रुस युनिभर्सिटी मेडिकल सेन्टरले सार्वजनिक गरेको अनुसन्धानमुलक रिपोर्टअनुसार चुरोटको धुवाँले हड्डी, मांसपेशी र जोर्नीलाई पोषण दिन आवश्यक अक्सिजनयुक्त रगतको प्रवाहमा अवरोध गर्छ । साथै शरीरमा क्याल्सियम अवशोषित गर्ने प्रक्रियालाई बाधा गरेर हड्डीको घनत्वलाई पनि कम गराउँछ ।

रुस स्पोर्ट्स मेडिसिन एण्ड सोल्जर सर्जन ग्रान्ट गार्जियसले भनेका छन्, ‘धुम्रपानले विस्तारै अस्थिपञ्जर प्रणालीलाई असर गर्छ । यसले कुरकुरे हाड, हड्डी र मांसपेशी कमजोर हुँदै जान्छ र उपचारपछि पनि निको हुन धेरै समय लाग्छ ।

निकोटिनको लत, हड्डीलाई घात

चुरोटको धुवाँमा जुन निकोटिन हुन्छ, त्यसले हाम्रो शरीरमा हड्डी बन्ने प्रक्रियालाई नै सुस्त बनाइदिन्छ । यसले एकातिर हडडी बन्ने प्रक्रियालाई बाधा गर्छ भने अर्कोतिर भएको हड्डीलाई बलियो हुन दिंदैन । त्यसैले चुरोट खानेको हड्डी सजिलै भाँचिने र मक्किने हुन्छ । त्यसले नसा र कोषिकालाई समेत क्षति पुर्‍याउँछ ।

निकोटिनले मस्तिष्कमा हुने एक किसिमको हार्मोनलाई ह«ास गर्छ, जसले गर्दा भिटामिन डिको कमी हुन जान्छ । त्यसैले चुरोटको अम्मलीहरुमा ढाड दुख्ने समस्या बढी हुन्छ । साथै उनीहरुको खुट्टा, जोर्नी दुख्ने, झमझाउने समस्या पनि हुन्छ । चुरोटले मेरुदण्डको हड्डीलाई पनि कमजोर बनाउँछ । कुनै कारणवश हड्डी भाँचिएमा जोडिन समय लाग्छ ।

अरुले तानेको धुवाँले हामीलाई पनि असर 

नेपालीमा एउटा भनाइ छ, खाँदै नखाएको विष लाग्दैन । तर चुरोटको धुवाँ यस्तो विष हो जुन खाँदै नखाएकालाई पनि लाग्न सक्छ ।

जस्तो कुनै व्यक्तिले तानेर निकालेको धुवाँले त्यस आसपासमा बस्नेलाई समेत असर गर्छ । किनभने हावामा फैलिएको उक्त धुवाँ दोस्रो व्यक्तिले पनि लिन्छ । चिकित्सकका अनुसार यो ‘सेकेण्ड ह्याण्ड धुँवा’ अरु घातक हुन्छ । यसरी चुरोट खाँदै नखाने समेत साथीभाइको कारण मारमा पर्छन् ।

चुरोटको कारण हड्डी भाँचिने जोखिम

अस्टियोपोसिस हुनुमा पनि विभिन्न कारणमध्ये एक मानिएको छ, चुरोटको धुवाँलाई । निष्क्रिय जीवनलगायत चुरोटको सेवनले अस्टियोपोरोसिस हुने जोखिम हुन्छ । हड्डी कमजोर हुनुलाई अस्टियोपोरोसिस भनिन्छ । यस स्थितिमा बीएमडी अर्थात् बोन मास डेन्सिटी कमी हुन्छ । यही कारण हड्डी कमजोर हुने वा भाँचिने खतरा बढ्छ ।

(डा. सुवाल मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

चुरोट हड्डी
डा. सरोजकुमार सुवाल
लेखक
डा. सरोजकुमार सुवाल
हाडजोर्नी तथा नसारोग विशेषज्ञ

डा. सुवाल हाल भक्तपुरस्थित मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालमा कार्यरत छन् । अर्थोपेडिक एमएस गरेका उनले नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११२२४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?