+
+

नेशनल लाइफले पारित गर्‍यो प्रस्तावित लाभांश, चुक्ता पूँजी ५ अर्ब पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते २०:१३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सञ्चालक समितिले प्रस्ताव गरेको १४.५ प्रतिशत लाभांश पारित गरेको छ । २ जेठ सोमबार सम्पन्न कम्पनीको ३५ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश पारित गरेको हो । यस्तै बोनस सेयरको कर प्रयोजनका लागि १ करोड ९५ लाख ३८ हजार ६६१ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्‍याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेको थियो । ५ अर्ब पूँजी पुर्‍याउन कायम रहेको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७६ रुपैयाँमा ८ प्रतिशतको बोनस सेयर थप भई कुल चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ पुगेको कम्पनीले जनाएको छ ।

गत आवमा कम्पनीको सबै वित्तीय सूचकहरु उत्साहप्रद रहेको कम्पनीले जनाएको छ । कम्पनीको कुल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भई १४ अर्ब ४० करोड ७६ लाख पुगेको छ । जीवन बीमा कोष २०.८४ प्रतिशतले वृद्धि भई ५० अर्ब ८० करोड ४२ लाख र कुल लगानी १९.८५ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३ करोड ९२ लाख पुगेको कम्पनीले जनाएको छ । कम्पनीले लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न प्रयासरत रहेको समेत बताएको छ ।

कम्पनीको वार्षिक औसत प्रतिफल दर आव २०७८/७९ मा ९.९० प्रतिशत कायम रहेको जनाएको छ । नियामक निकायबाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रियामा रहेको जारी विज्ञप्तिमा उल्लेख छ । घरजग्गा व्यवसाय र जलविद्युतमा लगानी बढाउने प्रयास रहने कम्पनीले उल्लेख गरेको छ । यस्तै एक सहायक लगानी कम्पनी स्थापना गर्ने प्रक्रिया आव २०७९/८० मा अगाडि बढाउन घोषणा पनि कम्पनीले गरेको छ ।

कम्पनीले नेपालगञ्जको आफ्नो स्वामित्वमा रहेको जग्गामा आव २०८०/८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको जनाएको छ । यसबाट सो क्षेत्रमा कम्पनीको व्यवसाय प्रवर्धन गर्न सहज हुने र अन्य शाखाहरुमा पनि क्रमशः यो प्रक्रृया सुरु गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?