+
+

करिम बेन्जेमा साउदी क्लब अल-इत्तेहादमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते ७:४३

२४ जेठ, काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका फ्रान्सेली फुटबलर करिम बेन्जिमा साउदी अरेबियन क्लब अल-इत्तेहादमा अनुबन्ध भएका छन् ।

बालोन डे’ओर विजेता बेन्जिमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् ।

३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो ।

रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा मात्र पछि रहेका बेन्जिमाले ३५४ गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् ।

रोनाल्डो हाल अर्को साउदी क्लब अल नासेरबाट खेलिरहेका छन् ।

‘यो राम्रो लिग हो र यहाँ केही राम्रा खेलाडीहरु छन्’, बेन्जिमाले भने, ‘क्रिस्टियानो रोनाल्डो यसअघि नै त्यहाँ छन् ।’

अल-इत्तिहादको प्रशिक्षकमा टोटनहमका पूर्वप्रशिक्षक नुनो इस्प्रितो सान्तो छन् ।

सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल पुगेका बेन्जिमाले त्यहाँ ६४८ खेल खेलेका थिए । उनले रियलका लागि अन्तिम खेलमा एथ्लेटिक विल्वाओ विरुद्ध १-१ को बराबरीमा पेनाल्टीबाट गोल गरेका थिए ।

सोमबार अल-इत्तेहादसहित चार क्लबको स्वामित्व साउदी अरेबियाको पब्लिक इन्भेष्टमेन्ट फण्ड (पीआईएफ) ले लिने घोषणा भएको छ । जसले प्रिमियर लिग क्लब न्युकासलको समेत स्वामित्व लिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?