+
+
Shares

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित सर्लाहीबाट ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते २०:४६

२४ जेठ, जनकपुरधाम । सर्लाहीबाट अवैध १८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन् । बागमती प्रदेश–०१–०२६ च ०२९९ नम्बरको कारमा लुकाइ लैजाँदै गरेको १८ लाख रकमसहित चारजनालाई पक्रेको सर्लाही प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ बासामाडीका ४० वर्षीय हेमराज विश्वकर्मा, कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–४ घर भई हाल काठमाडौ काडाघारी बस्ने ३१ वर्षका मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ बस्ने ३१ वर्षका दीपक तामाङ र खोटाङको रावावेशी गाउँपालिका–४ बस्ने ४४ वर्षका विमल तामाङ रहेका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पंजियार थारुका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११ मा पूर्वतर्फ जाँदै गरेको सो कारलाई शंकाको आधारमा चेकजाँच गर्दा कारको पछाडि डिकीमा लुकाइ राखेको अवस्थामा १८ लाख रुपैयाँ फेला परेको हो ।

उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?