+
+

एसईईको नतिजा असारभित्रै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १८:५८

२८ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम पूरा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिकाको परीक्षा तथा संपरीक्षणको काम सकिएको र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने केही कामहरु बाँकी रहेको उनले बताए । बोर्डले असारभित्र नतिजा प्रकाशन गर्ने गरी काम तीव्र रुपमा गरिरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक श्रेष्ठले भने ‘परीक्षण तथा संपरीक्षणको काम सकिएको छ । त्यसपछि बोर्डले गर्नुपर्ने काम गरिरहेको छ । असारभित्र नतिजा निकाल्छौं ।’

बोर्डले गत चैत १७ गतेदेखि एसईई परीक्षा सञ्चालन गरेको थियो । सबै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ ।

यो वर्षदेखि दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि एनजी ल्याएको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?