१ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी–अत्तरिया–धनगढी चौराह सडक खण्डमा मोनो रेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को लागि बजेट ल्याउँदै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सार्वजनिक निजी क्षेत्र साझेदारीको अवधारणा अन्तर्गत मोनोरेल सेवाको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको बताए ।
यस्तै प्रदेश सरकारको बजेटमा बाजुराको ढम्कने–पाण्डुसैन सुरुङमार्ग अध्ययन गर्ने उल्लेख छ । यद्यपि दुवैको अध्ययनको लागि बजेटको अंक भने तोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4