+
+
WC Series
लुम्बिनी लायन्स 2025
62/2 (7.5)
VS
७३ बलमा ७१ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जग्गाधनीको छोरा बनेर कीर्तिपुरमा २ रोपनी जग्गा बेच्ने प्रयास

एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते २०:२६

३ असार, काठमाडौं । जग्गाधनीको नक्कली मृत्युदर्ता प्रमाणपत्र र नाता प्रमाणित कागज बनाएर कीर्तिपुरमा दुई रोपनी जग्गा हडप्ने प्रयास भएको छ ।

स्याङ्जाकी उमादेवी गुरुङको नक्कली मृत्यु दर्ता र नाता प्रमाणित प्रमाणपत्र बनाएर जग्गा हडप्ने प्रयास भएको हो ।

२६ भदौ २०७४ मा मृत्यु भएकी गुरुङ आफ्नो आमा भएको कागजात बनाएर मकवानपुरका ४४ वर्षीय सतराज गुरुङले जग्गा हडप्ने प्रयास गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी डा. मनोज केसीले बताए ।

‘विशेष सूचनाका आधारमा छानबिन गर्दा उनले नक्कली छोरा बनेर जग्गा विक्री गर्न लागेको भेटियो’, केसीले भने, ‘त्यसपछि विक्रीका लागि वैना गर्न लाग्दा मालपोत कार्यालयबाटै पक्राउ गरेका हौं ।’

गुरुङविरुद्ध संगठित लिखत कीर्ते र ठगीसम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?