+
+

गीत विवादित बनेपछि राजु परियारको आग्रह : भिडियो सेन्सर गरिदिनुहोला

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १२:४७
गायक राजु परियार । फाइल तस्वीर

काठमाडौं । डीआर सुजनद्वारा संगीतबद्ध नयाँ गीत ‘नेपाली हाम्रो जात’ विवादमा तानिएको छ । जातीय विभेदविरुद्ध सन्देश दिने यो गीतका एक गायक राजु परियारले आफूलाई झुक्काएर गाउन लगाइएको भन्दै सामाजिक सञ्जालमा प्रष्टीकरण दिएका छन् ।

आफूलाई अन्तरा मात्रै दिएर गीत गाउन लगाइएको भन्दै उनले फेसबुकमा गुनासो पोखेका हुन् । भिडियोमा एक जातले अर्को जातलाई जिन्दावाद र मुर्दावाद भनिएका दृश्यलाई प्रस्तुत गरिएको छ । यी दृश्यलाई लिएर गायक परियारको आलोचना भइरहेको छ । यस्ता खालका दृश्यले जातीय समस्या भड्किने भएकाले मिलेर बस्नुपर्छ भन्ने सुझावका कमेन्ट प्राप्त भएका छन् । गीतमा लगाइएका नाराप्रति दर्शकको आपत्ति छ ।

दर्शक आफूमाथि खनिएपछि गायक परियार लेख्छन्, ‘यो गीत रेकर्ड हुँदा मैले गाउने गीतको अन्तरा मात्रै दिनुभयो । पछि कसले गीत गाउनुभयो मलाई जानकारी भएन । भोलिपल्ट अरुले गाउनुभएछ । सो गीतका सर्जक डीआर सुजनसँग सम्पर्क हुन सकेको छैन । यस किसिमका गीत दिएर मलाई विवादमा ल्याउने काम नगरिदिनुहुन सबैमा अनुरोध गर्दछु ।’

उक्त गीतको भिडियोलाई सेन्सर गरेर सार्वजनिक गर्न समेत परियारले आग्रह गरेका छन् । ‘म सभ्य र सु्न्दर समाजको निर्माण, सबै जातजाति, भाषा, धर्मको सुन्दर संयोजन । समाज कता जाँदैछ हैन । कता लैजाँदैछौं भन्ने कुराको सबैमा हेक्का होस् । पुनः मलाई यस किसिमले विवादित बनाउने मनसाय नराखिदिनुहोला,’ उनले भनेका छन् । चार दिनअघि रिलिज भएको यो गीतमा सुजन र राजु परियारसहित हेमन्त कान्छा रसाइली र धर्म गन्धर्वले स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?