+
+

हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते ९:२०

५ असार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् ।

मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ,’ उनले भने ।

उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको बताए ।

राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको बताए । उनले नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै योगा फैलिनु खुशीको विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?