+
+

माल्दिभ्सलाई हराउँदै लेबनान समूह विजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १८:१०

१३ असार, बैंगलुरु । साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै आमन्त्रित टोली लेबनान समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

बैंगलुरुको श्री कान्तिरवा स्टेडियममा लेबनानलाई जिताउन कप्तान हसन मातोउकले निर्णायक गोल गरे ।

समूह बी मा तीन खेल जितेको लेबनानले ९ अंक जोड्यो । अब लेबनानले समूह ए को उपविजेता बनेको भारतसँग खेल्नेछ ।

अर्को आमन्त्रित टोली कुवेतसँग समान अंक भए पनि गोल अन्तरका आधारमा कुवेत अगाडि रहँदा भारत समूह ए को उपविजेता बनेको थियो ।

अर्को सेमिफाइनमला कुवेतले समूह बी को उपविजेतासँग खेल्नेछ । बंगलादेश र भुटानबीच बुधबार राति हुने खेलपछि समूह बी को उपविजेताको टुङ्गो लाग्नेछ र सेमिफाइनल समीकरण पूरा हुनेछ ।

बंगलादेशले भुटानसँग बराबरी खेलेमा उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ भने माल्दिभ्स र भुटान बाहिरिनेछन् ।

भुटानलाई सेमिफाइलनमा पुग्न बंगलादेशसँगको खेल ४ गोल भन्दा बढीको अन्तरले जित्नु पर्छ । ३ गोल वा त्यो भन्दा कम अन्तरले भुटान विजयी भएमा भने माल्दिभ्स सेमिफाइनलमा पुग्ने छ ।

नेपाल र पाकिस्तान समूह ए बाट यसअघि बाहिरिसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?