
१४ असार, काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् ।
काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान गरेका छन् ।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4