+

शिशुको कानमा पानी पसेमा के गर्ने ?

२०८० असार  १७ गते १८:३७ २०८० असार १७ गते १८:३७
शिशुको कानमा पानी पसेमा के गर्ने ?

शिशुलाई नुहाइदिंदा कानमा पानी पर्न सक्छ । कानको भित्री भागमा पानी पुगेमा निकै समस्या हुन सक्छ । बच्चालाई असहज महसुस हुने, कान डम्म भएको जस्तो हुने  र कहिलेकाहीं कडा दुखाइ हुन्छ । तर शिशुले आफूलाई दुखिरहेको कुरा अभिव्यक्त गर्न सक्दैनन् । रुने र कराउने भन्दा बढी शिशुसँग विकल्प हुँदैन । यस्तोमा अभिभावकले नै पानी पस्न नदिन चनाखो हुनुपर्छ ।

यस्तोमा प्रश्न आउँछ,  पानी पसिहालेमा के गर्ने ?

शिशुले आफ्नो कुरा व्यक्त गर्न नसक्ने हुनाले कानमा पानी पसे नपसेको कुरा हाउभाउबाट नै थाहा पाउनुपर्छ । जस्तै, पटक-पटक शिशुले कानमा हात लगिरहेको भएमा कान दुखेर राएका हुन सक्छन् । यस्तोमा हल्का पानी पसेको अवस्था हो भने शिशुको टाउको दायाँ र बायाँ एक मिनेट जति ढल्काएर हेर्न सकिन्छ । यसो गर्दा पानी पसेको भएमा बाहिर निस्कन सक्छ ।

यसका लागि कानको जुन छेउमा पानी पसेको छ त्यसैतिर केहीबेर टाँसेर राख्नुपर्छ । यसो गर्दा कानबाट पानी हट्छ । बच्चालाई लगभग पाँच मिनेटको लागि यो स्थितिमा राख्नुपर्छ।

यद्यपि, धेरै नै पानी पसेको भए उनीहरुलाई अत्यधिक दुखाइ हुने र ढल्काउँदा पनि पानी नआउने हुन सक्छ । यस्तोमा धेरैजसो अभिभावकले शिशुको कानमा औंला हालिदिने, Pयरबडले कोट्याइदिने गर्छन् । फलस्वरूप कानमा घाउ हुने, चिलाउने हुँदै बिस्तारै सुन्निने र जालीमा घाउसमेत हुने सम्भावना बढ्छ । त्यसैले ढिला नगरी अस्पताल नै पुर्‍याउनुपर्छ । अस्पतालमा अटोस्कोपबाट कानमा पानी पसेको छ कि छैन र त्यसले कस्तो असर गरिरहेको भनेर पहिचान गरिन्छ ।

पानीले कानमा जटिलता 

लगातार कानमा लामो समयसम्म पानी जम्मा हुँदा कानमा संक्रमण हुन सक्छ । ढुसी पलाउने, पीप बग्ने, कान सुन्ने क्षमतामा कमी आउने र जालीमा असर पनि गर्न सक्छ ।

पानी पर्न नदिन के गर्ने ?

नुहाउनुअघि शिशुको कानमा भ्यास्लिनयुक्त कपास राखिदिनुपर्छ । यसले कानभित्र पानी पर्न दिंदैन । त्यस्तै, नुहाउँदा बच्चाको कानभित्र साबुन हालेर मिच्ने र पखाल्ने पनि गर्न हुँदैन । बरु, नुहाएपछि नरम कपडा भिजाएर कानको वरपर पुछिदिनुपर्छ । यसले कानमा अनावश्यक फोहोर हुन दिंदैन ।

एयरबडले सफा गर्नु हुँदैन

शिशुको कान चिलाएमा वा पानी पसेमा बजारमा पाइने एयरबड वा हेडपिनले कहिल्यै पनि कान कोट्याइदिनु हुँदैन । कान कोट्याउँदा झनै रगत बग्ने, दुख्ने हुन्छ । यसले घाउ हुँदै गएमा बहिरोपनको जोखिम समेत हुन सक्छ । यद्यपि  कानको वरपर भएको फोहोर भएमा एयरबड पानीमा भिजाएर त्यसको पानी सोसेर कानको प्वालभन्दा बाहिरी भाग सफा गर्न सकिन्छ ।

(नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. कोइराला मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालका असिस्टेन्ट प्रोफेसर हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

कान शिशु
लेखक
डा. विपिन कोइराला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग